दुर्गा प्रसाईं रिहाइका लागि मुखमा कालो टेपसहित प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
दुर्गा प्रसाईं रिहाइका लागि मुखमा कालो टेपसहित प्रदर्शन

काठमाडौं-असोज ६ गते आइतवार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै मंगलवार पनि प्रदर्शन भएको छ ।

मुखमा कालो टेप लगाएर प्रदर्शनकारीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन् । लघुवित्त तथा वित्तीय शाषण विरुद्धको संघर्ष समिति नेपाल, नागरिक बचाउ महाअभियान नेपाल र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले प्रसाईको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।