‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट प्रमिलाले जितिन एक करोड रुपैयाँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९३ दिन अगाडि
‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट प्रमिलाले जितिन एक करोड रुपैयाँ

काठमाडौं- आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले एक करोड रुपैयाँ नगद जितेकी छिन् ।

रोकायाले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन् । आइएमईले गत वर्षको दशैँ अगाडि प्रारम्भ गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई वधाई दिएका छन् ।