सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै 

काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य तोलामा ७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रूपैयाँमा कोरोवार भैइरहेको छ।