प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

 काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका ओली र युनुसबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्तामा उनीहरूबीच नेपाल(बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको छ। बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका थिए। प्रधानमन्त्री ओली असोज ४ गते अमेरिका गएका थिए।