अदुवाको सेवन र यसका फाइदाहरू जानौँ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८१ दिन अगाडि
अदुवाको सेवन र यसका फाइदाहरू जानौँ

 काठमाडौ -अदुवा एउटा मसला मात्र नभएर यो एउटा जडीबुटी औषधी पनि हो । यसले जडीबुटीले जस्तै हाम्रो शरीरमा विभिन्न खाले समस्याहरूको समाधान गर्ने गर्दछ ।

हामी नेपालीहरूको भान्छामा सजिलै उपलब्ध हुने मसला मध्येको एक हो अदुवा । अदुवालाई विभिन्न रूपमा प्रयोग गर्ने गरिन्छ । यसलाई काँचै पिनेर लेदोको रूपमा, सुकाएर पिनी धुलोको रूपमा तथा प्रशोधन गरेर तेल निकालेर पनि अदुवालाई प्रयोग गर्ने गरिन्छ ।यो चियादेखि खानेकुराहरू अनि आयुर्वेदीय–जडीबुटी औषधीहरूमा व्यापक मात्रामा प्रयोग हुने गर्छ । यसकारण आज हामी अदुवाको सेवनले मिल्ने स्वास्थ्यलाभको विषयमा जानकारी गराउँछौ । 

यस्ता अदुवा सेवनका स्वास्थ्यलाभहरु

– निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठिक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दूधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठिक पार्छ ।

– साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन सकिन्छ ।

– अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको तरिकाले पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।

– एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठिक पार्छ ।

– अदुवाको रस निरन्तर खाने गरेमा बुढोपन ढिला हुन्छ । छाला तथा कपाल स्वस्थ रहन्छ ।

– नियमित अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हृदयघातदेखि जोगाउँछ ।

– एक चम्चा अदुवाको रस नियमित पिउनाले रुघाखोकी टाढा भाग्छ ।

– सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।

– सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।

– हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।

–अदुवाले मस्तिष्कको कार्यक्षमतालाई सही ढङ्गले सञ्चालित हुन तथा स्मरण शक्तिलाई दुरुस्त राख्न सहयोग गर्छ । 

–अदुवाले महिनावारीको समयमा हुने पेट दुख्ने तथा मासु बाउँडिने समस्या अनि वाथरोगका कारण मांसपेशीहरू कडा हुने समस्यामा पनि राहत मिल्छ । खाना राम्ररी पचाउन, हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई सही ढङ्गले काम गर्न समेत अदुवाले सहयोग गर्छ ।