सुरक्षा तथा न्याय अध्ययन केन्द्रलाई ‘थिंकट्यांक’का रूपमा विकास गरिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९० दिन अगाडि
सुरक्षा तथा न्याय अध्ययन केन्द्रलाई ‘थिंकट्यांक’का रूपमा विकास गरिने

काठमाडौ-महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका– २ मदरसा टोल (पुरानो माछाबजार) स्थित विपति साहको घरमा सटर भाडा लिएर सञ्चालनमा रहेको खुस्बु टेन्ट हाउसको स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ।

शुक्रबार अपराह्न करिब १२ बजे भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीयहरूको अथक प्रयासपछि नियन्त्रणमा आएको छ ।आगलागीलगत्तै घटनास्थलमा आइपुगेको जलेश्वर नगरपालिकाको वारुण यन्त्र अपर्याप्त भएपछि थप मद्दतका लागि मटिहानी नगरपालिका र रामगोपालपुर नगरपालिकाबाट समेत वारुण यन्त्र  ल्याइएको  थियो । खुस्बु टेन्ट हाउसका सञ्चालक अरविन्द साहका छोरा सत्यम साहले आगलागीको कारणबारे जानकारी नभएको बताए । उनले करिब ११स्३० सम्म सबै सामान्य नै रहेको र टेन्ट हाउसको पछाडिको जग्गामा सामानहरू राखेकोमा उतैबाट आगो देखिएको बताए ।

उनले टेन्टमा पाँच थान ग्यास सिलिन्डरसमेत भएको बताउँदै सोहीमध्ये दुई  सिलिन्डर पड्किएपछि आगलागीले उग्र  रूप लिएको बताए ।  यता आगलागीको जानकारी पाएलगत्तै अवस्था बुझ्न जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेल र डिएसपी सन्तुलालप्रसाद जयसवार उपस्थित भएका थिए ।  क्षतिको विवरण भने असुरक्षा र न्याय अध्ययन केन्द्रको १६औँ साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा बोल्दै आमन्त्रित विशिष्ट अतिथिहरूले संस्थालाई सुरक्षा तथा न्यायलगायत क्षेत्रको अध्ययन र अनुसन्धानका लागि संस्थालाई ‘थिंकट्यांक’का रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। 

पूर्वकानुनमन्त्री तथा पूर्वमहानिरीक्षक ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका निमित्त महानिरीक्षक टेकप्रसाद राई, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेत, प्राध्यापक सुवास केसीले साधारणसभामा मन्तव्य राख्दै केन्द्रलार्ई ‘थिंकट्यांक’का रूपमा राज्य, सुरक्षा निकाय र समाजले उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा बिहीबार साधारणसभा सम्पन्न भएको हो । आगामी दिनमा आन्तरिक सुरक्षा, नागरिक सुरक्षा, विपत् व्यवस्थापन, जलवायु परिवर्तन, लागुऔषध समस्या, सडक सुरक्षा, सीमा सुरक्षालगायत क्षेत्रमा अध्ययन, अन्वेषण र अन्तर्क्रिया गर्नुका साथै सत्यनिरुपण तथा मेलमिलाप प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरिने केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।झै खुल्न नसकेको प्रहरीले जनाएको छ ।