प्राइम कमर्शियल बैंक आजबाट १८ औँ वर्षमा प्रवेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६० दिन अगाडि
प्राइम कमर्शियल बैंक आजबाट १८ औँ वर्षमा प्रवेश

काठमाडौँ- प्राइम कमर्शियल बैंक आजबाट १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६४ असोज ७ गते देशको २१ औँ वाणिज्य बैंकको रूपमा प्राइम यस बैंकले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको थियो । 

त्यसयता विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभेर अहिलेको प्राइम कमर्शियल बैंक बनेको हो ।

हाल बैंकसँग १९४ शाखा, १९ अर्बभन्दा बढी चुक्ता पुँजी सहित ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप रहेको छ भने  १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा तथा सापटी परिचालन गरेरिरहेको छ ।

वर्तमान  अर्थतन्त्रलाई कसरी राम्रो बनाउने, उद्योगहरूलाई कसरी चलायमान बनाउने र बैंकिङ क्षेत्रको एनपीएलाई कसरी घटाउने भन्ने नै चुनौतीलाई केन्द्रमा राखेर अघि बढिरहेको बैंकले हाल कर्जा असुलीमा विशेष ध्यान दिइरहेकाे प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धर बताउँछन्। 

सबै भूगाेल र सबै वर्गका नागरिकलाई सेवा दिइरहेको यो बैंक हाल सेयर धनीको लगानी र उनीहरुलाई प्रतिफल उपलब्ध गराउन पनि उतिकै सक्रिय रहँदै आएको छ ।