काठमाण्डौँ - छायांकनरत चलचित्र एक्लो एक पछि अर्को समस्यामा परेको छ । गत हप्ता मुस्ताङमा आएको बर्षाले लाखौको सेट बगाएपछि ठूलो आर्थिक नोक्सान ब्यहोरेको निर्माण पक्षाले पुन: अर्को संकट ब्यहोर्नु परेको छ । शुक्रबारदेखिको अविरल वर्षाले ललितपुरको च्यासलमा रहेको सेटमा क्षती पुर्याएसँगै अर्को अर्थिक संकट ब्यहाेरेको हाे ।
छायांकन सेटमा बाढी तथा लेदाे पसेकाे फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज) ले जानकारी दिए । च्यासलमा रहेको राजु पेन्टरको स्टूडियोमा बनाईएको नयाँ सेटलाई शनिबार बिहान आएको बाढीले क्षतविक्षत बनाएको हो ।
‘केहीदिनमै छायांकनको इन्डक्ल्याप गर्ने तयारीमा थियौं, तर आज बिहान च्यासल एरियामा आएको बाढी पसेर पुरै सेट विग्रियो । धन्न सामान भने बगाएन’, निर्माता विनोदले बताएका छन्।
प्रदीप शाहीको निर्देशनमा छायांकन भइरहेको चलचित्र एक्लोमा साइन्स फिक्सनको कथा रहेको निर्माण पक्षको भनाइ छ।
प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुरज सिंह ठकुरी, दिनेश डिसी, सुनील थापा, दिया पुनलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा नेटफ्लिक्स स्टार जेमी बेकमको समेत अभिनय रहेको छ ।
मुस्ताङका विभिन्न स्थानसहित काठमाडौंमा छायांकन भइरहको चलचित्रमा