नेपालले आज ओमानसँग खेल्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५९ दिन अगाडि
नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं - नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ ।

नेपाल-ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ । लिग २ का ४ मध्ये तीनमा हार र एक खेल नतिजाविहीन भएको नेपाल टी-२० सिरिजको पहिलो खेलमा पनि पराजित भयो । शनिबार राति भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । यसअघि भएको लिग-२ मा पनि नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो ।