ओलीलाई मोदीको सन्देश -विपद्‍का बेला भारत नेपालको साथमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८४ दिन अगाडि
ओलीलाई मोदीको सन्देश -विपद्‍का बेला भारत नेपालको साथमा

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई परेको अप्ठ्यारो परिस्थितिमा भारतको सधैं साथ रहने बताएका छन् ।

नेपाली समकक्षी केपी शर्मा ओलीलाई पत्र मार्फत भारतीय प्रधानमन्त्री मोदीले यस्तो सन्देश पठाएका हुन् । नेपालमा बाढी-पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि भारतीय प्रधानमन्त्री मोदीले सहानुभूति पत्र पठाएको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी दिए । नेपालमा राहत, उद्धार र पुनर्निर्माणमा भारतको सहयोग हुने मोदीले पठाएको सन्देशबारे राजदूत श्रीवास्तवले जानकारी गराएका हुन् ।