क्यानडामा हुने 'सामाजिक उद्यमशीलता र नवप्रवर्तन सम्मेलन २०२५' का लागी आवेदन खुल्ला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५१ दिन अगाडि
क्यानडामा हुने 'सामाजिक उद्यमशीलता र नवप्रवर्तन सम्मेलन २०२५' का लागी आवेदन खुल्ला

काठमाडौं- क्यानडामा युवाहरू लक्षित सामाजिक उद्यमशीलता र नवप्रवर्तन सम्मेलन २०२५ को आयोजना हुने भएको छ । केएमसी क्यानडा आइएनसी. (Knowledge Management Consortium) को आयोजनामा टोरन्टो स्थित योर्क युनिभर्सिटीमा हुन लागेको यस सम्मेलनमा युरोप , एसिया, अस्ट्रेलिया, अफ्रिका, नर्थ र ल्याटिन अमेरिकाका ४ सय आवेदकहरूले सहभागिता जनाउन पाउने छन् ।

उक्त सम्मेलनमा विश्वमा अहिलेका चुनौतीपूर्ण विषयहरू माथि सामूहिक रूपमा बहस तथा छलफल गरिने छ भने  यस सम्मेलनमा शैक्षिक, व्यावसायीक,  सरकारी तथा सामाजिक उद्यमशीलतालाई प्राथमिकता दिइने छ ।

युरोप, अफ्रिका, एसिया, अमेरिकाका प्रतिष्ठित वक्ताहरूका साथमा आयोजना हुने यस सम्मेलनले युवाहरूमा लिडरसिपसहितको उद्यमशीलतामा प्रेरित गर्ने आयोजककाे अपेक्षा रहेको छ भने  विश्वभरका युवाहरूको नेटवर्क तयार गर्न पनि उत्तिकै सहयोग पुर्‍याउने आयाेजकका तर्फबाट कार्यक्रमका महासचिव मुकेश पाण्डेले जानकारी दिए ।

सम्मेलनमा व्यावसायीक मेलाको समेत आयोजना हुने र उक्त मेलामा ६० भन्दा बढी देशका व्यावसायीहरूको सहभागिता हुने भएकाले त्यसमा नेपाली व्यावसायीहरुले पनि भाग लिन पाउने छन् । 

सन् २०२४ मा पहिलो कार्यक्रम सम्पन्न गरेको आयोजकले दोस्रा कार्यक्रममा आफ्नो दायरा बढाउनका साथै पार्नका साथै सम्मेलनलाई थप प्रभावकारी बनाउने तयारी गरेको पनि जनाएको छ । 

सम्मेलनमा स्व उद्यमी, नव प्रवर्तक, खोज तथा अनुसन्धनकर्ता, वैज्ञानिक, प्राध्यापक तथा विद्यार्थीलगायत सबैले आवेदन दिइ सम्मेलनमा भाग लिन पाउने पनि आयोजकले जनाएको छ । 

 ग्लोबल सिटिजन्स हुनु पर्ने र उनीहरूलाई आयोजकले समेत सहभागीताका लागि सहयोग गर्ने जनाएको छ । 

आप्रवासन, शरणार्थी, र क्यानेडियन नागरिकता सम्बन्धी सेवा दिने संस्था IRCC को विशेष सहयोगमा आयोजना हुने यस कार्यक्रममा नेपालीहरूले पनि उल्लेख्य सहभागिताको अवसर पाउने आयोजकले जनाएको छ। 

यो सम्मेलन आगामी  सेप्टेम्बर19 र 20, 2025 मा हुँदै छ र त्यसका लागि आयोजकले आवेदन खुल्ला गरेको हो । आवेदन दिन अमेरिकी डलर ७०० चाहिने छ  । नेपालबाट आवेदन दिइसकेपछि आयोजकले क्यानडाबाट भिसाका लागि अप्रुभल लेटर पठाउने र सोहीका आधारमा भिसा प्रोसेस गर्नु पर्ने छ ।

आवेदकले भिसा प्रोसेस तथा प्लेन टिकट पनि आफैँ बेहोर्नु  पर्ने छ । यद्यपि दुई दिने सम्मेलनमा आयोजकले लन्च तथा डिनरको व्यवस्था भने गर्ने गरिएको जनाएको छ । 

सम्मेलनका बारेमाथप जानकारीका लागि यहाँ   

www.kmc-canada.ca

आवेदनका लागि यहाँ क्लिक गर्नुहोस 

 Application form