गणेश श्रेष्ठको 'नआओस् दसैं' गीत सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५२ दिन अगाडि
गणेश श्रेष्ठको 'नआओस् दसैं' गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ - नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा गणेश श्रेष्ठ शब्द तथा संगीतमा नआओस् दसै बोलको गीत सार्वजनिक भएको छ।

मंगलबार ओएसआर मुभिज युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। चण्डिका श्रेष्ठको प्रस्तुति रहेको गीतमा नेपालमा बढेको बेरोजगार समस्याले विदेशीनुपर्ने नेपाली दाजुभाइहरूको कथासँगै दसैं र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित छ।

धिरेन्द्र राई र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा पार्वती गिरी र आदित आचार्यको अभिनय रहेको छ। रामेश्वर हुँमागाईंले छायांकन गरेको गीतलाई अनन्त घिमिरेले सम्पादन गरेका हुन्। देवप्रसाद धिमालले निर्देशन गरेको गीतमा चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकीको निर्माण रहेको छ।