उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६९ दिन अगाडि
उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

काठमाडौँ - निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

यही मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।यसअनुसार उपनिर्वाचन हुने  जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने प्रवक्ता नारायण प्रसाद सापकोटाले बताए ।  त्यसै गरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने उनको भनाई छ।