रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३८ दिन अगाडि
रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

काठमाडौं -पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत कास्कीमा उनीमाथिको थुनछेक बहस सकिएको हो ।अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।  बहसपछि उनलाई तारिखमा छाड्ने वा थुनामै राखेर अनुसन्धान गर्नेबारे निर्णय अदालतले दिनेछ ।