भुटानसँग १३-० ले पराजित भएसँगै तीन खेलमा २५ गोल खायो माल्दिभ्सले

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३४ दिन अगाडि
भुटानसँग १३-० ले पराजित भएसँगै तीन खेलमा २५ गोल खायो माल्दिभ्सले

काठमाडौ -साफ महिला च्याम्पियनसिप २०२४ मा भुटानले माल्दिभ्समाथि गोलको वर्षा गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भुटानले माल्दिभ्सलाई १३-० गोलले पराजित गर्‍यो। भुटानको जितमा डेकी लाजोम एक्लैले पाँच गोल गरिन्।  जितसँगै भुटान ७ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। समूहको अन्तिम खेलमा नेपालले आज साँझ साढे पाँच बजे श्रीलंकाविरूद्ध खेल्दैछ। नेपालले समूह विजेता बन्न कम्तिमा पाँच गोलको अन्तरमा जित निकाल्नु पर्नेछ। 

यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गरेको थियो। पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित माल्दिभ्सले तीन खेलमा २५ गोल खादा कुनै गोल गर्न सकेन। यो समूहको विजेताले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारतसँग खेल्नेछ। उपविजेताले अर्को समूहको विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। दुवै सेमिफाइनल आइतबार र फाइनल बुधबार हुनेछ।