गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६१ दिन अगाडि
गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

काठमाडाै -केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट एक जनालाई शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल छन्।

उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको एसपी बोगटीले बताए। खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो। खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताए।