चलचित्र हलहरूमा आजबाट ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७३१ दिन अगाडि
चलचित्र हलहरूमा आजबाट  ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा

काठमाडौं - चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबार बाट प्रदर्शनमा आएको छ ।

तिहारको छेको पारेर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शनमा आएको हो । गन्धर्व समुदायका बाबु र छोराको ‍सम्बन्धको कथा भन्ने चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ । 

विनोद पौडेल र प्याट्रिक सुवेदीकाे लगानीमा बनेको चलचित्रमा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

बिहिबारका लागि राम्राे साेज पाएकाे चलिचत्रले त्यसपछिका दिनका लागि भने वर्डअफ माउथमा निर्भर रहनु पर्ने देखिन्छ । यद्यपि प्रचार सामग्री र निर्माण पक्षको दावी अनुसार भन्ने हो भने चलिचत्रले नेपाली पनकाे कथा बाेल्ने भएकाले दर्शककाे मन  जित्न सफल हुने देखिन्छ ।