लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक भयो फिल्म 'महापुरूष'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७४ दिन अगाडि
लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक भयो फिल्म 'महापुरूष'

काठमाडौं- प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म 'महापुरूष'  बिहीबार युट्युबमा रिलिज भएको छ।

दुई वर्षअघिको यो हिट फिल्म लक्ष्मीपूजाको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको हो। बिहीबार बेलुका केन्द्र मोशन पिक्चर्सको युट्युबमार्फत फिल्म रिलिज गरिएको छ।यसअघि विभिन्न ओटिटी प्लेटफर्ममा समेत फिल्म स्ट्रिमिङ भइसकेको छ।  

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरूण क्षेत्री, अञ्जना बराईली, रबिन्द्र सिंह बानियाँ, नरेश पौड्याल, सिरू विष्ट, कोपिला थापा लगायत कलाकारहरूको अभिनय छ।  यो फिल्म षट्कोण आर्ट्सको ब्यानरमा बनेको हो।