उप निर्वाचन २०८१ : दोलखाको गौरीशङ्कर गाउँपालिकामा एमालेले अघि सार्यो उप प्रमुखमा उमा शेर्पा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७५० दिन अगाडि
उप निर्वाचन २०८१ : दोलखाको गौरीशङ्कर गाउँपालिकामा एमालेले अघि सार्यो उप प्रमुखमा उमा शेर्पा

दोलखा - नेकपा एमाले गौरीशङ्कर गाउँपालिका कमिटीले आगामी मङ्सिर १६ गते हुने उप निर्वाचनमा उमा मगर शेर्पालाई उप प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनकाे पकड बलियो देखिएको छ । 

पालिका कमिटीको पूर्ण बैठकले शेर्पालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेले उम्मेदवार छलफल तथा चयनका लागि प्रदेश कमिटी सदस्य उर्मिला थामीको नेतृत्वमा ५ सदस्यीय उम्मेदवार छनोट कार्यदल बनाएको थियो । कार्यदलले विभिन्न चरणमा पार्टीको वडा कमिटी र आकाङ्क्षी हरूसँग वान टु वान तथा सामूहिक छलफल गरेर उम्मेदवारको टुङ्गो लगाएको कार्यदलको संयोजक थामिले बताइन ।

बैठकमा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य भरत केसी, प्रदेश कमिटी सदस्य उर्मिला थामी, जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव सोयम बहादुर खड्का लगायतका नेताहरूको उपस्थिति थियो । 

को हुन् उम्मेदवार बनेकी उमा ?

उमा मगर शेर्पा गौरीशङ्कर ७ मार्बु निवासी हुन् । सामाजिक क्षेत्रमा सक्रिय शेर्पा एमालेको पारिवारिक पृष्ठभूमिमा हुर्किएकी हुन् । व्यवसायी समेत रहेकी उनले सामाजिक कार्यहरूमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको छिन् । 

लायन्स क्लबमा आबद्ध भएर सामाजिक कार्य गरेको अनुभवसमेत बाेकेकी  उनी २०७२ सालको भूकम्प होस् वा अन्य विपत्तिको समयमा, पीडितको घरमा मलहम लगाउन उनी सक्रिय हुँदै आएकी छिन् । 

कोरोना महामारीमा होस् वा बाडीपीडितहरूको सहयोगका लागि उमा सदैव अग्रपङ्क्तिमा रहेर काम गर्छिन् ।