सुनको मूल्य प्रति तोला ५०० रुपैयाँ घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१४ दिन अगाडि
सुनको मूल्य प्रति तोला ५०० रुपैयाँ घट्यो

काठमाडौं- सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ। यसअघि शुक्रबार १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।