सुनचाँदीको मूल्य घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७१० दिन अगाडि
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो ।सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो ।आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।