काठमाडाै - तेक्वान्दो प्रशिक्षक जगन अधिकारी अमेरिकाको सिकागोमा रहेको तेक्वान्दो हेडक्वाटर्स कुकिवोनबाट सम्मानित भएका छन् ।
उनलाई कुकिवोनले आउट स्ट्याण्डिङ उपाधिबाट सम्मान गरेको हो । शनिबार आयोजित कोर्स प्रदर्शनीमा उत्कृष्ट प्रर्दशन गरेवापत विश्व तेक्वान्दो एकेडेमीका निर्देशक सन ली किम र ग्रान्ड मास्टर जे यू आनले अधिकारीलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
युएईमा एक दशकदेखि प्रशिक्षक रहेका उनलाई ११५ औं तेश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स २०२४ प्रदर्शनको आधारमा कुकिवोन बेल्ट र प्रशंसा पत्र प्रदान गरिएको थियो । ुयो सम्मानको मेरो खेलकुद र सम्पूर्ण जीवनका लागि गहिरो र महत्वपूर्ण अर्थ छ, यसले मलाई अघि बढ्न झनै प्रेरणा दिएको छ,ु प्रशिक्षक जगनले भने ।उनले यसअघि विश्व तेक्वान्दोको आयोजनामा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा भएको विश्व वरियत जी २ युएस ओपन तेक्वान्दोमा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागीता जनाएका थिए ।