सुनको मूल्य ओरालोतर्फ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९८ दिन अगाडि
सुनको मूल्य ओरालोतर्फ

काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको हो । सोमबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो ।