आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९८ दिन अगाडि
आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ ।

कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो।  स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।