एक हजारले बढ्यो सुनको मूल्य 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९१ दिन अगाडि
एक हजारले बढ्यो सुनको मूल्य 

काठमाडौं -  आज मंगरबार नेपाली बजारमा सुनको मूल्य एक हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको एक हजार आठ सय १५ रुपैयाँ थियो ।