काठमाडाै -एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ बजे सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए।