मोरङको झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

  • दुश्यन्त दाहाल
    -दुश्यन्त दाहाल
  • ७१० दिन अगाडि
मोरङको झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

काठमाडाै‌ - मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ ।

शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरू बाबुछोरा हुन् ।

मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिमा रहेको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो।अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको हो।