काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो । आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।