‘एक्टरः टेक वन’को नायँ गीत ‘के भरोसा गरम’ बजारमा, दोहोरो भूमिकामा देखिए प्रदीप (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६४ दिन अगाडि
‘एक्टरः टेक वन’को  नायँ गीत ‘के भरोसा गरम’ बजारमा, दोहोरो भूमिकामा देखिए प्रदीप (भिडियोसहित)

काठमाडौंँ - माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को ‘के भरोसा गरम’ गीत सार्वजनिक गरिएको छ ।

गीतमा अभिनेता प्रदीप खड्कालाई दुई नायिका आना शर्मा र दिव्या रायमाझीसँगको प्रेममा देखाइएको छ । गीतले फिल्म त्रिकोणात्मक प्रेमकथामा रहेको प्रष्ट्याएको छ।

गीतको भिडियोले फिल्ममा प्रदीप दोहोरो भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । प्रदीप अभिनेत्री आनासँगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकामा देखिएका छन् ।  हर्कुलस बस्नेत र इन्दिरा जोशीको स्वर रहेको गीतमा उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत छ ।

गीतमा किरण थापाको कोरियोग्राफी रहेको छ । राजन भुसाल निर्देशित ‘एक्टरः टेक वन’ को लेखन आकाश बराल र राजन भुसालले सहकार्यमा तयार पारेका हुन् । 

फिल्ममा प्रदीप, आना र दिव्याका अलवा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारको मुख्य भूमिका छ ।

अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको  निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की र सह–निर्माता अनिश भुसाल हुन् ।

गीतको भिडियो