काठमाडौं - नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन सम्पन्न भएको छ ।
वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल क्लाइम्बिङ सपोर्ट एसोसिएसनका अध्यक्ष रमेश पौडेल, बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा स्केटबाेडिङ् सङ्घका अध्यक्ष अच्युत खनाल, नेपाल आई टी एफ तेक्वान्डो महासङ्घ को सचिव तथा प्रदेश खेलकुद परिषद् सदस्य अञ्जना सिवाकोटी, नेपाल क्लाइम्बिङ सपोर्ट एसोसिएसनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ रहेका थिए ।
शनिबार अर्थात् पुष २० गते ज्वागल ललितपुर स्थित “नेवाः भ्वय् छें एण्ड पार्टी प्यालेस” मा भएको निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छिन् भने काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् ।
दुवै कमिटीमा ९-९ जनाको कमिटी निर्वाचित भएको छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्ष श्रीधर पौडेल र बुद्धिराम शर्मा ,सचिवमा सुवास सुवेदी कोषाध्यक्षमा हरिभक्त महर्जन सदस्यहरूमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल जित बुधवार गङ्गा थापा, मगर निर्वाचित भएका हुन् ।
वाग्मती प्रदेश कमिटीको उपाध्यक्ष रवीन्द्र महर्जन र सुरज बस्नेत सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन निर्वाचित भए ।