एमाले केन्द्रीय कमिटी बैठकः  प्रतिवेदनहरुलाई छलफलमा लगियो  

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६६१ दिन अगाडि
एमाले केन्द्रीय कमिटी बैठकः  प्रतिवेदनहरुलाई छलफलमा लगियो  

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सबै प्रतिवेदनहरुलाई  छलफलमा लगिएको छ ।

बैठकमा छलफलका निष्कर्षहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर मंगलबार बैठक सकिने नेता महेश बस्नेतले बताए । उनले भने, ‘बैठकमा सबै प्रतिवेदनहरुलाई छलफलमा लगिएको छ । छलफलका निष्र्कषहरुलाई अध्यक्ष र महासचिवले जवाफ दिएर भोलि या पर्सिमा बैठक सकिने छ । हामी कार्यतालिकका साथ अगाडि बढेका छौं । ’ यसैगरी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भीम रावल एमालेमा फर्किने सम्भावना नरहेको बताए । उनले लामो समयदेखि  एमालेमा योगदान दिएका नेता रावलले अनेक कोणबाट एमालेलाई प्रहार गर्न खोजेको बताए ।