सुनको मूल्य स्थिर,चाँदीको मूल्यमा बृद्धि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५५ दिन अगाडि
सुनको मूल्य स्थिर,चाँदीको मूल्यमा बृद्धि

काठमाडौं -आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।