स्वास्थ्य जटिल बनेपछि कलाकार घनश्याम गौतम केएमसी अस्पतालमा भर्ना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८६ दिन अगाडि
स्वास्थ्य जटिल बनेपछि कलाकार घनश्याम गौतम केएमसी अस्पतालमा भर्ना

काठमाडौं - हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ला)ई स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज(केएमसी)मा भर्ना गरिएको छ ।

उनलाई राति नै अस्पतालमा लगेपनि बिहान ५ बजे मात्र भर्ना गरिएको गौतमकी पत्नी युगज्योतिले जनाएकी छन् । अहिले उनी केएमसीको मेडिसिन हाइ केयर वार्डमा उपचाररत छन् । युगज्योतिका अनुसार गौतमलाई यसअघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो । गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदियो । त्यसपछि बुधबार राति नै केएमसीमा भर्ना गर्न लगिएको हो । त्यसक्रममा युगज्योतिले सामाजिक सञ्जालमार्फत सुरुमा अस्पतालले भर्ना लिन नमानेको र पछि अनुरोधमा भर्ना गरिएको बताएकी छन् ।

अहिले पनि उनको अवस्था नाजुक छ भने चिकित्सकले उनको उपचार गरिरहेका छन् । कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसयता उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आइरहेका थिए भने केही महिनाअघि थप उपचारका लागि भारतको नयाँ दिल्लीसम्म पुगेका थिए ।विभिन्न टेलिश्रृंखलामा अभिनय गरेका गौतम ‘नक्कली प्रचण्ड’ नामक पात्रको कारण दर्शकमाझ चर्चित छन् । केही समयअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उपचारमा सघाउन आग्रह गरेका थिए ।