यस्तो रह्यो ‘कार्साङ’को काठमाडौं प्रिमियर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५९ दिन अगाडि
यस्तो रह्यो ‘कार्साङ’को काठमाडौं प्रिमियर

काठमाडौं - मल्टिस्टारर फिल्म ‘कार्साङ’लाई बुधबार बेलुका भव्य प्रिमियर गरिएको छ ।

कमलपोखरीस्थित बिग मूभिजमा आयोजित समारोहमा कास्ट एण्ड क्रूसहित फिल्मकर्मी, मिडिया र शेर्पा समुदायको बाक्लो सहभागिता रह्यो । प्रिमियरमा जितु नेपाल, दीया मास्के, डेब्यु अभिनेत्री सिर्जना निङलेखु लगायत उपस्थित रहे भने अभिनेता दयाहाङ राई भने सहभागि देखिएनन् । दीया र सिर्जनाले शेर्पा पोशाकमा सौन्दर्य छरेका थिए । शेर्पा समुदायको पोशाकमा समुदायका व्यक्तिहरू पनि त्यहाँ थिए । उनीहरूले उक्त समुदायको झाँकी र बाजा प्रस्तुत गर्दै समारोहलाई रोमाञ्चक तुल्याए । याम शेर्पा निर्देशित फिल्म शुक्रबारदेखि देशब्यापी १३० शोसहित प्रदर्शन तयारीमा छ ।