अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सभापति यादव र सांसद सुवालबीच चर्काचर्की

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५७ दिन अगाडि
अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा सभापति यादव र सांसद सुवालबीच चर्काचर्की

काठमाडौं -प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच सवालजबाफ भएको छ।

आफूले असहमति जनाउँदा जनाउँदै सभापति यादवले बैठकका निर्णयहरू सुनाएको र कुरा राख्न पनि समय नदिएको जस्ता विषय सुवालले राखेका थिए। सांसद सुवालले कुरा राख्दै गर्दा औंला उठाएको भन्दै सभापति यादवले औंला तल राख्न भनेका थिए। सभापति यादव कडा स्वरमा बोलेपछि छेवैमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभापति यादवलाई सम्झाउन खोजेका थिए। सांसद सुवालले सभापति यादवलाई भने, ‘तपाईं निरंकुश नहुनुस्, यो राणा शासन होइन। मैले असहमति छ भनेपछि तपाईंले किन भन्नुपर्ने हो। तपाईं एक्लै हो, के फुर्ति गर्नुहुन्छ, हुत्तिनुहुन्छ।’ सभापति यादवले सांसद सुवाललाई आफ्ना असहमति राख्न भनेका थिए।