काठमाडौं -चलचित्र तेल भिसा ले आफ्नो ५१ दिनको सफल प्रदर्शन मनाएको छ।
५१ दिनसम्म विभिन्न सिनेमाघरहरूमा दर्शकहरूको उत्साहजनक साथ पाएको यो फिल्मले नेपाली सिनेमा क्षेत्रमै महत्वपूर्ण प्रभाव पारेको छ। निर्देशक शंकर घिमिरे, निर्माता अनिल पाण्डे र शिवराज कार्की र विपिन कार्की र वर्षा राउतको मुख्य भूमिकामा कलाकारहरूको टिमले चलचित्रलाई यस चरणसम्म पुर्याउन भूमिका खेल्ने सम्पूर्ण दर्शक, वितरक, र मिडियाप्रति आभार व्यक्त गरेका छन् । यस अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो, जहाँ चलचित्रको सफलताबारे चर्चा गर्दै आगामी योजनाबारे पनि जानकारी गराइएको थियो।
चलचित्रले सामाजिक कथा, हास्यव्यंग्य, र मनोरञ्जनको मिश्रण प्रस्तुत गर्दै दर्शकहरूलाई आकर्षित गरेको छ। ५१ दिनको यात्रा केवल एक व्यापारिक सफलताको होइन, नेपाली चलचित्रप्रति दर्शकहरूको माया र समर्थनको पनि प्रमाण हो वितरक करण श्रेष्ठले बताए ।निर्माण टिमले आगामी दिनहरूमा चलचित्रलाई थप अन्तर्राष्ट्रिय मञ्चमा लैजाने योजना समेत व्यक्त गरेको छ।