सरकारका पछिल्ला निर्णयहरूलाई  लिएर  युवा संघका अध्यक्ष थेबेले  दिए ओली सरकारलाई धन्यवाद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८२ दिन अगाडि
 सरकारका पछिल्ला निर्णयहरूलाई  लिएर  युवा संघका अध्यक्ष थेबेले  दिए ओली सरकारलाई धन्यवाद

काठमाडौं - राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी  शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले केपी सकारले पछिल्लो समय गरेका कामले जनतालाई नजिकबाट छुने भन्दै बधाई दिएका हुन् । 

ओली सकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर कम्पनी दर्ता प्रक्रियालाई सहज बनाउने तथा कम्पनी बन्द गर्ने झन्झटिलो प्रक्रियालाई पनि सहज बनाउने तयार गरेको भन्दै थेबेले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका हुन् । 

थेबेले लेखेका छन्, : धन्यवाद ओली सरकार, अव सरकारले सजिलै कम्पनी दर्ता गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । साथै कम्पनी बन्द गर्दाका झन्झटिलो व्यवस्था अन्त्य गर्ने र कुनै पनि कारोबार नभएका बन्द हुन चाहेका कम्पनी खारेज गर्दा जरिमाना छुट दिने भएको छ ।

यसै गरी अध्यक्ष थेबेले तीन अध्यादेशमार्फत सरकारले गर्न खोजेका कानुनी सुधार र त्यसले आम नागरिकमा पुर्‍याउने विभिन्न १७ सहजताबारे उल्लेख गर्दै वर्तमान सरकारका गतिविधिप्रति खुसी व्यक्ति गरेका छन् ।