विपिनको रिहाइका लागि इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४६ दिन अगाडि
विपिनको रिहाइका लागि इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं -परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बद्र अब्देलअतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा। राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् । जवाफमा अब्देलअतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् । गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले अब्देलअतीसँग कुराकानी गरेकी छन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो । तर, उक्त सूचीमा विपिनको नाम भने परेको छैन ।