काठमाडाैँ -वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा वरिष्ठ अधिवक्ता त्रिपाठीविरूद्ध अवहेलनाको मुद्दा दायर भएको सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए। उनकाअनुसार बिहीबार उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले निवेदन दिएका थिए।
त्रिपाठीले काठमाडौं जिल्ला अदालनका न्यायाधीश माधवप्रसाद अधिकारीले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको आरोप छ। उनले अन्तर्वार्तामा न्यायाधीशमाथि कार्यक्षमतामाथि प्रश्न उठाएर टिप्पणी गरेको आरोप छ।