‘एक्टर: टेक वान' माथि राजनीति, प्रतिलिपि अधिकारका नाममा निर्माता डुबाउने खेल !

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६४० दिन अगाडि

काठमाडौँ-  सोमबार साँझ भव्य प्रमियिर गरेर प्रशंसा पाएको चलचित्र ‘एक्टर: टेक वन’लाई म‌ंगलबार अदालतले प्रदर्शनमा रोक लगायो ।

माघ १६ गते बुधवारबाट प्रदर्शनको तयारीमा रहेका चलचित्रका लागि मङ्गलवार जिल्ला अदालत काठमाडौँले अन्तरिम आदेश जारी गर्दै माघ २२ गतेसम्मका लागि चलचित्र प्रदर्शनमा रोक लगाएको हो।

गत माघ ४ गते प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’ प्रतिक्षित चलचत्रि ‘एक्टर : टेक वन’बिच नामलाई लिएर विवाद भएपछि उक्त विषय अदालतसम्म पुगेको हो ।

यो विवाद अदालतसम्म मात्र पुगेन यसले एक्टर टेक वान टिमलाई ठुलै धक्का दिएको छ । दर्शकहरूमाझ लोकप्रिय कलाकार प्रदीप खड्का, दिलीप रायमाझीकी छोरीसमेत रहेकी डेब्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, १० वर्ष पछि चलचित्र क्षेत्रमा पुनरागमन गरेका अभिनेता राजबल्लभ कोइराला लगायतलाई अदालतको यो निर्णयले ठुलो चोट पु¥याएको छ । डेब्यु नायिका दिव्यालाई पहिलो गाँसमा ढुङ्गा लागेका छ भने राजबल्लभ कोइरालासहितको निर्माण टिमलाई पनि यसले ठुलै चोट पुर्‌याएको हुनु पर्छ ।

केहिदिन अघि मुद्दाको अन्तिम किनारा नलागेसम्म चलचित्र ‘एक्टर : टेक वन’को सबै खाले प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ फिल्मका निर्माताले जिल्ला अदालत काठमाडौँमा रिट दायर गरेका थिए । सोही रिटमा रहेर जिल्ला अदालत काठमाडौँले प्रदर्शन रोक्नका लागि आदेश दिएको हो । सोमबार भएको बहसमा रिटका पक्षमा यज्ञमणि न्यौपाने, अधिवक्ता टिका ढकाल, दीपक अधिकारी, अधिवक्ता प्रिया रानी थापा लगायतले बहस गरेका थिए । सोही बहसका आधारमा चलचित्र प्रदर्शनका रोक लगाउने अन्तरिम आदेश जारी भएको हो । उक्त दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको थियो । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको थियो । फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरी कानुनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैर कानुनी कार्य गरेको आरोप रिटमा लगाइएको थियो ।

यता एक्टर टेक वान टिमले भने उक्त विवादलाई ठुलो मुद्दा नै नभएको प्रतिक्रिया दिँदै बेवास्ता गर्दै आएको थियो । चलचित्र ‘एक्टर’ले भने हलमा पानी पनि भन्न भ्याएन । चलचित्र सुपर फ्लप नै भयो । यस्तो अवस्थामा नामका विषयमा प्रतिलिपि अधिकारको लडाइँ र्त उचित नै होला तर ‘एक्टर टेक वान सँगको यो लडाइँ भने उति सान्दर्भिके देखिँदैन ।

स्टार कास्टको लाइन अप रहेको चलचित्रको चर्चा र क्रेजमाथि घोचपेच र मुद्दा मामिला गर्दा आफ्नो फ्लप फिल्मको लगानी उठाउने दाउ पो हो कि? यो विषय विचारणीय नै छ । यद्यपि निर्माण टिमको लापरबाही र बेवास्ताले चलचित्र माथि ठुलो क्षति  पुगेको छ । टिकट बुकिङ गरिसकेका दर्शकमाथि अन्याय भएको  छ । एक हिसाबमा भन्ने हो भने फिल्मकर्मीहरुकै राजनीतिले प्रतिलिपि अधिकारका नाममा निर्माता डुबाउने खेलमा 'एक्टर' टिमले जितेको छ । 

आज माघ १६ गतेबाट अल नेपाल प्रदर्शन भनेर तयारी अन्तिम चरणमा पुग्दा अघिल्लो दिन साँझ अदालतको निर्णयले सिङ्गो चलचित्र क्षेत्रलाई नै अचम्ममा त पार्यो नै सँगै फिल्म क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ । बहस छेडेको छ । बाँकी सबै कुरा छोड्ने हो भने भविष्यका लागि चलचित्रकर्मीहरूलाई ठुलो पाठ सिकाएको छ । चलचित्र दर्ता देखि प्रदर्शनसम्म आइपुग्दा प्रतिलिपि अधिकार जस्तो गम्भीर विषयलाई अन्देखा गर्नु हुँदैन भन्ने पाठ भने पक्कै सिकाएको छ । अब दुई चलचित्रका दुई टिमले कसरी विवाद समाधान गरेर दर्शकसम्म चलचित्र पु¥याउँछन् त्यो भने माघ २२ गते नै थाहा हुने छ ।