शुक्रबार सुन चाँदीको मूल्य बढ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४४२ दिन अगाडि
शुक्रबार सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलामा २३ सय रूपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ९ सय १५ रूपैयाँ किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँले बढेको हो ।