नेसनल कलेजका विद्यार्थीहरूले स्टेजमा देखाए  सेक्सपियरको कृति ‘म्याकवेथ’ (तस्बिरहरू)

  • रञ्जना न्यौपाने
    -रञ्जना न्यौपाने
  • ६३९ दिन अगाडि
नेसनल कलेजका विद्यार्थीहरूले स्टेजमा देखाए  सेक्सपियरको कृति ‘म्याकवेथ’ (तस्बिरहरू)

काठमाडौँ- काठमाडौंकाे नेसनल कलेजका विद्यार्थीहरूले प्रख्यात नाटककार सेक्सपियरको चर्चित कृति ‘म्याकवेथ’लाई स्टेजमा नाट्य रुपान्तरणसहित प्रस्तुत गरेको छन् । 

काठमाडौँ विश्वविद्यालय अन्तर्गतको धुम्बाराहीस्थित नेसनल कलेजका स्नातक तहमा मनोविज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरूले ‘म्याकवेथ’लाई स्टेजमा प्रस्तुत गरेको हुन्। करिब एक साताको रिहर्सलको मिहेनत स्वरुप उनीहरुले नाटक प्रस्तुत गरेका हुन् । विद्यार्थीहरूलाई र शिल्पी थिएटरकी पवित्रा खड्काको मेन्टरसिपमा ‘म्याकवेथ’लाई नाटकमा रूपान्तरण गरिएको हो । 

दर्शकले खचाखच नेसनल कलेजको सभाकक्षमा  बिहीबार ‘म्याकवेथ’ प्रस्तुत गरिएको थियो । स्नातक तह प्रथम वर्षमा मनोविज्ञान अध्ययनरत विद्यार्थी श्रीया ढकाल र आर्य निरौलाको निर्देशन तथा स्क्रिप्ट, सुमा तामाङ, रचना श्रेष्ठ, रीतिका बोगटी र स्वस्तिका नेपालले भेसभुसा र स्टेज व्यवस्थाप तथा रोशनी सुन्दासको मेकअप नाटक देखाइएको हो ।  ध्वनीमा श्रीया ढकाल, सोनाम पाल्मो शेर्पा र अंकित नरसिंह क्षेत्रीले काम गरेका थिए भने आर्या श्रेष्ठले सूत्रधारको भूमिका निर्वाह गरेकी थिइन्।

नाटकमा म्याकवेथको भूमिकामा अनीश राई थिए भने लेडी म्याकवेथको भूमिका प्रामी शाक्यले निर्वाह गरेकी थिइन्। आयुश रिमाल राजा डंकनको भूमिकामा थिए भने ब्यांकोको भूमिकामा स्वस्ती प्रधानले अभिनय गरेकी थिइन्। म्याकडफको भूमिकामा अर्चना न्यौपाने थिइन् भने आभा निना अमात्य, आयुशा तिवारी र एन्जिना कार्कीले ‘बोक्सी’को भूमिका गरेका थिए। त्यस्तै हत्याराको भूमिकामा आयुश रिमा र मृदु भण्डारी थिए भने मृदुले नोकरको भूमिका पनि गरेकी थिइन्।