डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले जित्यो  उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६३५ दिन अगाडि
डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले जित्यो  उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड

काठमाडौँ- निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार सर्ट फिल्मले छैटौँ  नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा  उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जितेको छ । शनिवार  सम्पन्न फेस्टिभलमा अवार्ड जितेसँगै निर्देशक ज्ञवालीले जीतको  खुसी सामाजिक सञ्जालमा साटेका छन् ।

आधा दर्जन बढी सर्ट फिल्म र केही म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ले युवा पलायनले रित्तिँदै गएको गाउँको कथा प्रस्तुत गरेको छ ।

यो डकुमेन्ट्री त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्राडा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेको छ ।

पछिल्लो समय उनी डकु ड्रामा मौनको प्रदर्शनको तयारीमा छन् । यसअघि नै उनले मौनको फस्ट लुक पोस्टर  पनि सार्वजनिक गरिसकेका छन् ।

यो पनि हेर्नुहोस्