प्रदर्शनरत फिल्म 'एक्टर: टेक वन' को गीत 'जिन्दगी रेल' सार्वजनिक (भिडिओ)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६३५ दिन अगाडि
प्रदर्शनरत फिल्म 'एक्टर: टेक वन' को गीत 'जिन्दगी रेल' सार्वजनिक (भिडिओ)

काठमाडौँ -गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म 'एक्टर: टेक वन' को नयाँ गीत 'जिन्दगी रेल' सार्वजनिक भएको छ।

आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्द किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्। गीतमा स‌ंगीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। नरेन्द्र मैनालीले छायांकन गरेको गीतलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको संघर्षपछि प्राप्त सफलतालाई दर्साइएको छ।

राजन भुसाल निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायत कलाकारको अभिनय छ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।