अक्सिडेन्टल पब्लिक स्कुलमा  बालबालिकाको अक्षरारम्भ - तस्बिरहरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५१ दिन अगाडि
अक्सिडेन्टल पब्लिक स्कुलमा  बालबालिकाको अक्षरारम्भ - तस्बिरहरू

काठमाडौँ- माघ शुक्ल पञ्चमीका दिन सोमबार विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा अर्चना गरेर श्री पञ्चमी मनाइँदै छ । फागुन र माघ महिना शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्री पञ्चमी भनिएको हो ।

आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन। 

श्री पञ्चमीका अवसरमा सरस्वतीका मन्दिरहरूमा विद्यार्थीको घुइँचो लाग्ने गरेको छ। विद्यार्थीले विशेष गरी सरस्वतीको पूजा अर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ । 

सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा आराधना गरिएको छ। विद्यालयलाई विद्याको मन्दिर मान्ने गरिन्छ । सोही अनुरूप काठमाडौँको अनामनगरमा रहेको अक्सिडेन्टल पब्लिक विद्यालयमा पनि  साना बालबालिकाहरूले  आजकै दिनबाट अक्षरारम्भ गरेका छन् । 

विद्यालय प्राङ्गणमा स–साना बालबालिकाहरूलाई अभिभावकहरू हात समातेर उनीहरूलाई अक्षरसँग परिचित गराइरहेका छन् ।

तस्बिरहरू