काठमाडौं - महाशिवरात्रिको पूर्व सन्ध्या पारेर आगामी फागुन ९ गतेबाट रिलिज हुने चलचित्र ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ । मङ्गलवार चलचित्रका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत रिलिज गरिएको हो ।
सुशान्त गौतमको शब्द रचना तथा सङ्गीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ ।
कलरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।
हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रको ब्यागग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
गीतको भिडियो