काठमाडौँ - अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको ‘एन्युअल स्पोर्टस् फेस्टिभल-2081' सम्पन्न गरेको छ ।
ललितपुरको लगनखेल स्थित सैनिक तालिम केन्द्रको प्राङ्गणमा उक्त फेस्टिभल सम्पन्न गरिएको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद महत्त्वपूर्ण रहेकाले विद्यालयले हरेक वर्ष खेलकुदका कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । सोही अनुरूप यस वर्ष पनि विद्यालय वार्षिक खेल कार्यक्रम सम्पन्न गरेको हो ।
मङ्गलवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा खेलकुद कार्यक्रमको उद्घाटन गरिएको थियो । सँगै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सिद्धि प्रसाद कोइराला, विद्यालयका शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटनको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले अक्सिडेन्टल पब्लिक विद्यालयका गतिविधिको प्रशंसा गर्नु भयो भने खेलकुद बालबालिका लागि अनिवार्य विद्या भएकाले यसको विकासमा विद्यालयलाई सहयोग गर्नुपरेमा राखेपसहित आफू व्यक्तिगत रूपमा पनि तयार रहेको बताउनु भयो ।
त्यसैगरि कार्यक्रमको सभापति विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सिद्धिप्रसाद कोइरालाले वर्तमान समयमा खेलकुद पनि विद्यार्थीका लागि अनिवार्य भएकाले औपचारिक शिक्षासँगै खेलकुदको पनि आवश्यकता बढ्दै गएकाले विद्यालयले गरिरहेका गतिविधिका बारेमा बधाई ज्ञापन गर्नु भयो । विद्यार्थीले खेलकुद अब अतिरिक्त विषय नभएर अत्यावश्यक भएकाले यसप्रति विद्यालयको जिम्मेवारी झनै बढेर गएको बोध गराउनु भयो ।
कार्यक्रममा ओ. पी. एस. स्पोर्ट काउन्सिलका अध्यक्ष गोपाल पौड्यालले मन्तव्यसहित उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा शिक्षक, अभिभावक र वद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो भने प्र. अ. टेकबहादुर पौड्यालद्वारा म्पायर तथा खेलाडीहरूलाई सपथ ग्रहण गराउदै खेलको सुरुवात गरिएको थियो ।
प्रि. पाइमरी देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागितामा दर्जन बढी खेलसहित दुई दिने वार्षिक खेल दिवस सम्पन्न गरिएको हो ।