एलिना चौहान भन्छिन्- 'धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६३२ दिन अगाडि
एलिना चौहान भन्छिन्- 'धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ'

काठमाडौँ - गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन् ।

शुक्रवार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले यस्तो धारणा राखेकी हुन् ।  ‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन् ।  दर्शकले धोकेबाज गीत वान्समोर भन्दा धेरैको प्रेममा धोका भएको छ कि भन्दै प्रश्न गरेकी थिइन् । उनले पढ्ने बेला प्रेम नपर्न समेत विद्यार्थीलाई सुझाएकी छन् ।  उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन् । ‘भर्खर भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन ।

मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन् । त्यसपछि उनले के माया लाउँछ र गीत गाएकी थिइन् । कार्यक्रममा तिम्रो मायाले बाँधेर राख, धोकेबाज हौँ तिमि, कट्टा हान्दिन्छु, रक्सी चुरोट छाड्न पाउन्नौँ, दुस्मन हेरेको हेरेई, मिनिरल वाटरलगायत आधा दर्जन गीतबाट गायिकाले सबैलाई मनोरञ्जन गराइन् । गायिका चौहानले काठमाडौं जिल्ला अदालतमा पति विष्णु सापकोटाविरुद्ध हालै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् ।