नेपाल र म्यानमारबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१२ दिन अगाडि
नेपाल र म्यानमारबीचको पहिलो हाफ रोमाञ्चक बराबरीमा

काठमाडौं - काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेलिरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदमसम्म दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको हो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् । १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुन: अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो । यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् ।