काठमाडौं- पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी श्रीमती र इश्वरी पौडेल लगायतको टोलीले सस्तोमा किनेर महँगोमा बिक्रि गरेको आरोप लगाएका थिए ।
उक्त कुरा सामाजिक सञ्जालमा आएपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै लिम्बुले आफूलाई जानकारी दिने व्यक्तिले गलत जानकारी दिएकाले गल्ति बोल्न पुगेको स्वीकारेका हुन् ।
‘इश्वरी पौडेलको मिसेस्को नाम रहेछ, मलाई जानकारी दिनेले योगेश दाईको मिसेस् भनेर गलत जानकारी दियो । तपाईहरूले सच्याइदिनुस् न है,’ लिम्बुले सञ्चारकर्मीलाई भनेका छन् ।